गुराँसले सिंगारियो घोडेपानी (तस्बिरहरु)
पाेखरा | चैत १४, २०८२
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।
पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी पुग्न थालेका छन्। यसले यहाँको पर्यटन गतिविधि समेत बढाएको छ। होटलहरू भरिभराउ भएका छन् भने पर्यटन व्यवसायी उत्साहित भएका छन्।
समुन्द्री सतहदेखि २,८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्र वसन्त ऋतुको आगमनसँगै रमणीय बनेको हो।
घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनका अनुसार दैनिक ३००–५०० पर्यटक यहाँ भ्रमणमा आउँछन्।
अन्नपूर्ण गाउँपालिका–५, शिखका स्थानीय युवा सुरेन गुरुङले भने, ‘‘वसन्तकालिन याम सुरु भएसँगै वनजङ्गलमा लालीगुराँस फुलेका छन्। डाँडापाखा रङ्गिएका छन् र फुलेको लालीगुराँसले पर्यटकलाई स्वागत गरेको जस्तो देखिन्छ। मौसम खुलेपछि घोडेपानी अझ सुन्दर देखिने छ।’’
पुनहिलमा चिया पसल र प्रवेश शुल्क सङ्कलन गर्ने व्यवसायी सुदीप पुर्जा अनुसार दैनिक ३०० भन्दा बढी आन्तरिक पर्यटक पुनहिलको भ्रमणमा आउँछन्। पुनहिलबाट धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ।
घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ। स्थानीयहरूले गुराँस संरक्षणका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।




भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

